थप १२०७ जनामा कोरोना संक्रमण


थप १२०७ जनामा कोरोना संक्रमण

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा थप एक हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएकोछ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार १९ जनाको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो । योसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रबाट थप एक हजार १ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसगैं ५३ हजार १३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ३३ र होम आइसोलेशनमा १० हजार ५ सय ८ जना रहेका छन् ।

यसबीच नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जिल्लाका ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्रालयले शनिबार नियमित प्रेस व्रिफिङ्ग गर्दै पछिल्लो २४ घण्टामा मृत्यु हुने सबै पुरुष रहेको बताएकोछ ।

मन्त्रालयका अनुसार सप्तरीका ६३, काठमाडौंका २० र ७४, भक्तपुरका ८८, मकवानपुरका ७४, ललितपुरका ७६, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।