बाँकेमा शनिबार थपिए १६ जना कोरोना संक्रमित


बाँकेमा शनिबार थपिए १६ जना कोरोना संक्रमित

नेपालगन्ज : बाँकेमा थप १६ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार ८ महिला र ८ पुरुष गरि थप १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १३ जना र बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरबाट ३ जना गरि १६ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । योसगैं बाँकेको कुल कोरोना संक्रमति संख्या एक हजार ७ सय ९० पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ४६ वर्षिय पुरुष, वडा नम्बर १ का २५ वर्षिय महिला, वडा नम्बर १९ का १९ वर्षिय पुरुष, वडा नमब्र २ का ४३ वर्षिय पुरुष, वडा नम्बर ९ का २९ वर्षिय पुरुष, वडा नम्बर ६ का ४० वर्षिय महिला, वडा नम्बर १ का ५२ वर्षिय महिला, वडा नम्बर ९ का ३० वर्षिय महिला, वडा नम्बर १३ का ३७ वर्षिय महिला र वडा नम्बर १ का २६ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ ।

यसैगरी खजुरा गाउँपालिका वडा नम्बर २ का २१ वर्षय पुरुष, ठेगाना नखुलेको कोहलपुर नगरपालिकाका २३ वर्षिय पुरुष र कोहलपुर वडा नम्बर ५ का ६५ वर्षिय महिलामा कोरोना पुष्छि र्भकोछ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्वजको प्रयोगशालामा गरिएको परीक्षणबाट नेपालगन्ज उपमहानगरपालिका २० का ३२, ३३ र ३८ वर्षका ती पुरुषमा कोरोना पुष्टि भएको हछ ।

यसैगरी शनिबार ५० जना कोरोना सक्रममित डिस्चार्ज भएकाछन् । योसगैं बाँकेमा कुल डिस्चार्ज हुनेको संख्या एक हजार ४ सय ११ पुगेकोछ । भने ३६७ जना सक्रिय संक्रमति उपचाररत रहेकाछन् ।

बाँकेमा हालसम्म १२ जनाको मृत्यु भएको छ । भने बाँके उपचार गराउन आएका बाहिरी जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।