डरलाग्दोसँग फैलिदैछ नेपालमा क्यान्सर, एक बर्षमा २६ हजारको मृत्यु


डरलाग्दोसँग फैलिदैछ नेपालमा क्यान्सर, एक बर्षमा २६ हजारको मृत्यु

 
काठमाण्डौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा  विभिन्न प्रकारको क्यान्सरबाट वर्सेनी २६ हजार व्यक्तिको मृत्यु हुने गरेकोले स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेका छन् ।
 
        शनिबार १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं वीपी कोईराला स्मृति क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई  भर्चुवल सम्बोधन गर्दै मन्त्री ढकालले निरोगी नेपालको अभियान साकार पार्न सरकार केन्द्रीत रहेको जानकारी दिए । 
 
उनले  स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्नेमा जोड दिए ।  सोहि अवसरमा मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिक  गरे ।  
 
           शनिबारबाटै भरतपुर अस्पतालमा इ–टिकेटिङ पनि शुरू भएको छ । मन्त्री ढकालले भर्चुवल माध्यमबाटै अस्पतालले इटिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ गरे । यसले क्यान्सर अस्पतालमा सेवाग्राहीलाइ अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
 
 
 
 
 
 
 
Kanti Aarogya Hospital Nepalgunj