बाँके गाँउका ४७ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु


बाँके गाँउका ४७ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज : बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ बाँके गाउँका ४७ वर्षिय पुरुषको मृत्यु भएको हो । योसगैं बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेकोछ ।

मधुमेहका विरामी समेत रहेका ती पुरुषको गत भदौ २९ गते पीसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट भदौ ३१ गते आएको पीसिआर रिर्पोटमा पोजेटिभ पाइएका ती पुरुषको आज (आईतबार) विहान ५ बजे निधन भएको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना पोजेटिभ ४७ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आइसोलेस वार्डमा राखी उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था समेत विग्रदै गएका ती पुरुषको उपचारका लागि प्लाज्मा थेरापी, रेमडिजाइभर लगायत आवश्यक सम्पूर्ण विधीबाट उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभइ उनको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएकोछ ।

मधुमेहका रोगी समेत रहेका ती पुरुषको दुबैतिकरो फोक्सोको निमोनियाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक ती पुरुष नेपालगन्ज मेडिक कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रशासन शाखाका कर्मचारी रहेका खुेलकोछ । योसगैं नेपालगन्जमा ज्यान गुमाउनेको संख्या १० पुगेकोछ । भने कोहलपुर, नरैनापुर र बैजनाथ गाउँपालिकामा एकएक जनाको मृत्यु भएकोछ ।