कोरोना संक्रमितको थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो


कोरोना संक्रमितको थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा ज्यान गुमाउनेहरुमा बाराका २०, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२, बर्दियाका ६३ र ५०, अछामका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।