बाँकेका दुई प्रयोगशालाबाट थप १६ जनामा कोरोना पुष्टि


बाँकेका दुई प्रयोगशालाबाट थप १६ जनामा कोरोना पुष्टि

नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबार बाँकेमा थप १६ जनामा कोरोना पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ८ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

दुवै प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा ५ महिला र ११ पुरुषमा कोरोना पुष्टि भएकोछ । केन्द्रका अनुसार योसगैं बाँके जिल्लामा कुल कोरोना संक्रमित संख्या एक हजार ८ सय २१ पुगकोछ ।

केन्द्रद्वारा जारी सूचनामा आईतबारमात्रै बाँकेमा थप २३ जना डिस्चार्ज भएकाछन् । योसगैं कोरोना जित्नेको संख्या एक हजार ४ सय ३४ पुगेकोछ । यस्तै जिल्लाका विभिन्न अस्पताल तथा आईसोलेसनमा ३ सय ७५ जनाको उपचार भइरहेको छ । भने आईतबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । योसगैं बाँकेमा ज्यान गुमाउनेको संख्या १३ पुगेकोछ ।

केन्द्रका अनुसार आईतबार कोरोना पुष्टि हुनेमा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट कोरोना पोजेटिभ देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० का २८ र ५० वर्षिया युवती तथा ४३, ७१ र २२ वर्षिय पुरुषमा कोरोना देखिएकोछ, यस्तै राप्ती सोनारी गाउँपालिका–८ का २४ वर्षिय पुरुष, र खजुरा गाउँपालिका वडा नम्बर –२ का ३९ वर्षिया महिला, वडा नम्बर– ३ का २७ वर्षिय पुरषमा कोरोना पुष्टि भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का २५ वर्षिय पुरुष, वडा नम्बर–७ का २७ वर्षिय महिला, खजुरा गाउँपालिका वडा नम्बर–४ का ३४ वर्षिय महिला र ५ वर्षिय बालक, कोहलपुर नगरपालिका वडा नम्बर–११ का ३५ र ४० वर्षिय पुरुष, बैजनाथ गाउँपालिका वडा नम्बर–४ का ७८ वर्षिय पुरुष तथा सीतागंगा १० अर्घाखाँचीका ४८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।