कोरोना संक्रमित मर्नेको संख्या ४८१ पुग्यो


कोरोना संक्रमित मर्नेको संख्या ४८१ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित मर्नेको संख्या ४८१ पुगेकोछ । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा देशका ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमित मृत्यु हुनेहरुमा बाँकेका ४७, गुल्मीका ३४ वर्षिय पुरुष र सुनसरीका ३८ र भक्तपुरका ५१ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि आईतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।