नेपालगन्ज : कोरोना संक्रमित ७६ वर्षिया महिलाको कोहलुरमा मृत्यु भएकोछ । बाँके जिल्लामा उपचारको क्रममा आएकी जाजरकोट जिल्ला जुनिचाँद गाउँपालिका वडा नम्बर ५, गर्खाकोटकी ७६ वर्षिय महिलाको सोमबार दिउँसो सवा दुई बजे मृत्यु भएको हो ।
यो संगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संखया ७ पुगेकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृतक ती महिलाको असोज ५ गते कोरोना भाइरस संक्रमणको आशंकामा पीसिआर जाँच गरिएको थियो । असोज ६ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएकी ती महिला होम आइसोलेसनमा बसी स्वास्थ्य लाभ लिइरहेकी थिइन् ।
विगत केही समयदेखि पित्त थैलीको विरामीसमेत रहेकी ती महिलाको कार्डियो पल्मोनरी एरेष्ट हुदाँ मृत्यु भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएकोछ ।
होम आईसोलेसनमा बसेकी कोरोना संक्रमित ७६ वर्षि महिलाको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि आज सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुग्नै लाग्दा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेकोछ ।
यसअघि पनि बर्दियाका बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद अग्रवाल उपचारका लागि भेरी अस्पताल नेपालगन्ज प्राङ्गणमै पुगेका बेला मृत्यु भएको थियो । कोरोना संक्रमित भएपछि उनी पनि होम आइसोलेसनमा बस्दै आएका थिए ।