१३५१ कोरोना संक्रमित थपिदाँ, ७४२ जना डिस्चार्ज


१३५१ कोरोना संक्रमित थपिदाँ, ७४२ जना डिस्चार्ज

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ । देशभर कोरोना भाइरसका थप एक हजार ३५१ संक्रमित फेला परेसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको हो । सोमबारसम्म देशभर ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेकोछ । भने पछिल्लो २४ घण्टामा देशभरबाट थप ७४२ जना डिस्चार्ज भएका छन् । योसगैं हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ ।

यस्तै मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसन ८ हजार ६ सय ९५ जना र होम आइसोलेसनमा १० हजार ९ सय २९ जना रहेका छन् । सोमबारसम्म देशभर ६ हजार ३१० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभर ३१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । भने देशभर २२५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा देशका ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित मृत्यु हुनेहरुमा बाँकेका ४७, गुल्मीका ३४ वर्षिय पुरुष र सुनसरीका ३८ र भक्तपुरका ५१ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि आईतबार नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।