बाँकेमा थप ३९ जनामा कोरोना पुष्टि, पुरुष मात्र २६ जना


बाँकेमा थप ३९ जनामा कोरोना पुष्टि, पुरुष मात्र २६ जना

नेपालगन्ज : बाँकेमा सोमबार १३ महिला र २६ पुरुष गरि थप ३९ जनामा कोरोना भाइस संक्रमण देखिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट २४ जना र बागेश्वरी ल्याबबाट १ जना गरि ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगैं बाँकेमा कोरोना संक्रमित कुल संखया एक हजार ८ सय ६० पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सोमबार बाँकेका थप २९ जनाले कोरोना जितेर घर र्फेका छन् । योसगैं कोरोना जित्नेको संख्या एक हजार ४ सय ६३ पुगेकोछ । भने ३८४ जना उपचाररत रहेकाछन् ।

हालसम्म बाँके जिल्लामा १३ जनाले ज्यान गुमाइसकेकाछन् । जसमा १० जना नेपालगन्जका हुन् ।