काठमाडौं : १५ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झन् गम्भीर हुँदै गएको छ । उनलाई छाति एवं मांशपेशी दुख्ने समस्या देखिएको छ । उनलाई बचाउन गाह्रो हुँदैछ ।
डा. केसीलाई रिंगटा (चक्कर) लाग्ने एवं थकान महसुस भइरहेको उपचार टीमका संयोजक डा. सुवाशप्रसाद आचार्यद्धारा जारी मेडिकल बुलेटीनमा उल्लेख छ ।
उनको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम, फस्फोरसको मात्रा न्युन रहेको छ । रगतमा सेता रक्तकोषको मात्राामा कमी आइरहेको छ ।
मुटुको चालमा समेत गडबडी आइसकेको छ । उनलाई जुनसुकै बेला सघन उपचार कक्ष( आइसीयु) मा लैजानु पर्ने अवस्था आउन सक्ने र जे पनि हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
दीप प्रज्वलन
यसैबीच उनको जीवनरक्षाको माग गर्दै सोमबार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सोलिडारिटी फर डा.केसी अभियानको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो ।
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा