नेपालगन्जव : जनवार अधिकार र कल्याणको क्षेत्रमा कार्यरत गैर सरकारी सस्था एनिमल नेपाल नेपालगन्जले विश्व रेबिज दिवसका अवसरमा साताब्यापी खोप अभियान सञ्चालन गरेकोछ ।
विश्व रेबिज दिवसका अवसरमा एनिमल नेपालले नेपालगन्जमा रहेका घोडा खच्चड पालक किसानका खोडा खच्चडलाई रेबिज बिरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।
दिवसका अवसमार रेबिज रोग, रोग लाग्ने अवस्था, यसबाट बच्न अपनाउनुपर्ने उपाय तथा रोकथामका बारेमा जनचेतना फैलाउदै रेबिज बिरुद्धको खोप लगाइरहेको एनिमल नेपाल नेपालगन्जका पशु अधिकारकर्मी रेखा श्रेष्ठले जानकारी दिइन ।
उनका अनुसार बिगतमा सरकारी, गैरसरकारी, एग्रोभेट ब्यबसायी तथा किसानको सक्रियतामा यो दिवस मनाईन्थ्यो । तर, यसपटक कोरोना भाइरसका कारण कुनै औपचारिक कार्यक्रम नभएपनि स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउदै साताब्यापी किसानका घरदैलोमा पुगि रेबिज विरुद्धको जनचेतना फैलाउनुका साथै उनका पशुलाई रेबिज रोग विरुद्धको खोप लगाइरहेको जानकारी दिइन ।
डाक्टर अतिस यादवा अनुसार ‘लिसा भाईरसका कारण संक्रमित जनावरको थुक तथा र्यालबाट अन्य जनवार तथा मानिसमा सर्ने भएकोले यसबाट बच्न सबैले सबाधानी अपनाउनुपर्छ ।
‘रेबिज प्राण घातक रोग हो । रेबिज लागेका कुकुर, स्याल आदि जनावरको टोकाईबाट अन्य जनावर तथा मानिसमा यो सहजै सर्नसक्छ र जनावर र मानिसको मृत्यु हुनेगर्छ ।’ डाक्टर यादवले बताए ।