नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या दिनहुँ उकालो लागिरहेकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना परीक्षणमा थप एक हजार ५ सय १३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ । भने देशभर २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसगैं कोरोना संक्रमित ४९१ जनाले ज्यान गुमाइसकेकाछन् ।
यसअघि सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । भने आईतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।