नेपालगन्ज : नेपालमा कोरोना संक्रमित १० जनाको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारा पछिल्लो २४ घण्टामा देशभर ३ महिला र ७ पुरष गरि १० जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।
यो संगै कोरोना संक्रमित ज्यान गुमाउनेको संख्या संख्या ४ सय ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुषको मृत्यु भएकोछ ।
त्यसैगरी, सर्लाहीका ७२ वर्षिया, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षिय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । भने आईतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।