नेपालगन्ज : नेपालमा थप एक हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण फेला परेको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबार बेलुकासम्म देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छ । भने बुधबारसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट पछिल्लो २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । यी ब्यक्तिको डिस्चार्ज भएसगैं नेपालमा कोरोना जित्नेको संख्या हालसम्म ५६ हजार ४२८ जना रहेको छ । भने हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसनमा १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । बुधबारसम्म देशभर ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यस्तै नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ ।
५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।