नेपालगन्ज : बाँकेमा कोरोना भाइरस संक्रमित संख्या दुई हजार नजिक पुगेकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका तीन प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा १४ महिला र १२ पुरुष गरि थप २६ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । यो सगै बाँकेमा कोरोना संक्रमित हुनेको संख्या एक हजार ९ सय १३ पुगेकोछ ।
केन्द्रका अनुसार बुधबार बाँकेका विभिन्न अस्पताल तथा आईसोलेसन केन्द्रमा बसेका थप ३४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यो सगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ५ सय ४१ पुगेकोछ । भने बुधबार बेलुका सम्म बाँकेमा ३५६ जना संक्रमित उपचाररत रहेको केन्द्रले जनाएकोछ ।
यसैगरी बाँकेमा बुधबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएसगैं कोरोना संक्रमित मृतकको संख्या १६ पुगेकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार भेरी अस्पताल नेपालगन्जबाट १० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १२ जना र बागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट थप २ जना गरि २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।