कोरोनाबाट भेरी अस्पतालका चिकित्सकसहित बाँकेमा एकैदिन तीन जनाको मृत्यु


कोरोनाबाट भेरी अस्पतालका चिकित्सकसहित बाँकेमा एकैदिन तीन जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको मृत्यु भएकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सक हरि सापकोटाको मृत्यु भएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै यसको पुष्टि गरेकाछन् । उनका अनुसार कोरोना पोजेटिभ भेरी अस्पतालका वरिष्ठ चिकित्सक सापकोटा भेरीको आइसोलेसनमा उपचाररत रहँदा असोज १५ गते बिहीबार दिउँसो मृत्यु भएको हो ।

यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेमा अनुसार बाँकेमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षिय पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत भेरीगंगा नगरपालिका वडा नम्बर ५ सुर्खेत की ७५ वर्षिया महिलको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रले जारी गरेको सूचनामा नेपालगनज ४ का ५२ वर्षिय पुरुषको स्वास्थ्य समस्या आएपछि असोज १० गते स्वाब परीक्षणगरिएको थियो । असोज १२ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि आइसोलेसन वार्डमा राखि उपचार गर्दा असोज १५ गते विहान ५ः २० बजे मृत्यु भएको केन्द्रले जनाएकोछ । दुबै साईडको फोक्सोको निमोनियाबाट ग्रसित कोरोना संक्रमितको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धति अपनाउदासमेत ५२ वर्षिय पुरुषलाई बचाउन नसकिएको अस्पतालले जनाएकोछ । योसगैं बाँकेमा कोरोना संक्रमित मृतक संख्या १८ पुगेकोछ ।

जसमा नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १४ जनाले ज्यान गुमाइसकेकाछन् । यसअघि हिजो बुधबार मात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ की ३५ वर्षिया महिलाको मृत्यु भएको थियो । यस्तै आज (बिहीबार) मात्रै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेरीगंगा नगरपालिका वडा नम्बर ५, सुर्खेतकी ७५ वर्षिया महिलाको उपचारका लागि लगिदै गर्दा क्रममा राती १ बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।

केन्द्रद्वारा जारी रिर्पोटमा कोरोना संक्रमण आशंकामा ती महिलाको असोज ६ गते स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । असोज ८ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएकी ती महिलामा पित्त थैलीको समस्या समेत रहेको पाइएकोछ । ७५ वर्षिया ती महिला केही समय पहिले दुर्घटनामा परि हाड भाँचिएको समस्याबाट ग्रसित समेत भइ लामो समयदेखि मृगौला पीडित समेत रहेकी महिलाले डाईलाईसिस गराइरहेको पाइएकोछ । योसगैं बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ जनाको मृत्यु भएको छ ।