नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँचसय नाघ्यो


नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँचसय नाघ्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ । गत २४ घण्टामा मात्र ११ जना कोरोना संक्रमितको मृत्यु भएसगैं मृतकको संख्या ५ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बिहीबार ६ जिल्लाका १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा सुनसरीका ५६, ५० र २७, काठमाडौंका ७८ र ६८, भक्तपुरका ६८, ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेका ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार नेपालमा ७ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।