देशभर १९११ जना कोरोना संक्रमित थपिए, ७९,७२८ पुगे संक्रमित
नेपालगन्ज : देशभर थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो । भने पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पीसिआर परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएका यी संक्रमितसंगै हालसम्म देशभर कोरोना भाइरसको कुल संक्रमित संख्या ७९ हजार ७२८ पुगेको बताए ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।
यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् । भने हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएसगैं मृतकको संख्या ५ सय ९ पुगेको छ ।
बिहीबार ६ जिल्लाका १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा सुनसरीका ५६, ५० र २७, काठमाडौंका ७८ र ६८, भक्तपुरका ६८, ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेका ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको थियो ।
प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले देशमा २५ हजार बढी सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
देशमा २५ हजार बढी सक्रिया संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको थियो ।