देशभर कोरोना संक्रमित ५२० जनाको मृत्यु


देशभर कोरोना संक्रमित ५२० जनाको मृत्यु

नेपालगन्ज : देशभर कोरोना संक्रमित ५२० जनाको मृत्यु भएकोछ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा मोरङका २७, ललितपुरका ३२ र ७० वर्षीय पुरुष, भक्तपुरका ६१ र ५१, काठमाडौंका ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी मकवानपुरका ७८, रुपन्देहीका ६०, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतका ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि बिहीबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।