बाँकेमा थपिए १६ कोरोना संक्रमित

२१ जना सिकिस्त विरामी, मृतक संख्या १९ पुग्यो


बाँकेमा थपिए १६ कोरोना संक्रमित

नेपालगन्ज : बाँकेमा शुक्रबार बेलुका थप १६ जनामा कोरोना सक्रमण देखिएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जारी गरेको कोरोना पोजेटिभ रिर्पोटमा ८ महिला र ८ पुरुष गरि थप १६ जनामा कोरोना संक्रमण पाइएकोछ ।

भेरी अस्पताल नेपालगन्जबाट ७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ७ र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरबाट २ जना गरि थप १६ जनामा कोरोना संक्रमण पाइएको हो ।

बाँकेका तीन वटा प्रयोगशालाबाट थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसगैं बाँकेको कोरोना संक्रमित कुल संख्या एक हजार ९ सय ९३ पुगेकोछ । भने शुक्रबार कोरोना संक्रमित कोही पनि डिस्चार्ज भएनन । यद्यपी बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ५ सय ४२ रहेकोछ ।
केन्द्रको सूचना अनुसार शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँकी २५ वर्षिया युवतीको मृत्युसगैं बाँकेमा ज्यान गुमाउनेको संख्या १९ पुगेकोछ । भने हालसम्म ४ सय ३२ जना जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचाररत रहेकाछन् ।

केन्द्रको तथ्यांक अनुसार भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसनमा ६९ जना उपचाररत रहेकाछन् । जसमध्ये ५ जना सामान्य, ४६ जना मध्यम र १८ जनाको सिकिस्त अवस्था रहेकाछन् । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आइसोलेसनमा ५३ जना संक्रमित उपचाररत रहेकाछन् । जसमा ४५ जना सामान्य, ५ जना मध्यम र ३ जनाको अवस्था सिकिस्त रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रद्वारा जारी बाँकेको कोरोना पोजेटिभ रिर्पोटमा भेरी अस्पतालको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का २१ वर्षिया महिला, वडा नम्बर ६ का ३५ वर्षिया महिला, वडा नम्बर ११ का ४३ वर्षिया महिला, वडा नम्बर १० का ३५ वर्षिय पुरुष र वडा नम्बर १३ का ४५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ । यस्तै खजुरा गाउँपालिका वडा नम्बर १ का ५२ वर्षिय पुरुष र बैजनाथ गाउँपालिका वडा नम्बर ६ की १८ वर्षिया बालिकामा कोरोना देखिएकोछ ।

यस्तै नेपालगन्ज मेडिक कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट कोहलपुर नगरपालिका वडा नम्बर ११ का ४९ वर्षिय पुरुष, वडा नम्बर ५ का ४३ वर्षिय पुरुष, वडा नम्बर ३ का २५, २३ वर्षिया महिला र २२ वर्षिय पुरुष, वडा नम्बर १ का ३३ वर्षिय पुरुष तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का ५२ वर्षिय पुरुषमा कोरोना देखिएकोछ ।

यसैगरी बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ र १२ का ३० वर्षिया दुई महिलामा कोरोना पुष्टि भएकोछ ।