बी–ग्रुपद्वारा ५० थान पीपीई सहयोग


बी–ग्रुपद्वारा ५० थान पीपीई सहयोग

नेपालगन्जः कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा पछिल्लो समय सामाजिक संघसस्थाहरुले अग्रसरता देखाएकाछन् ।

कोरोना माहामारीका बेला विभिन्न संघसस्थाले समन्वय र सहकार्य गर्न थालेपछि जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको कार्यमा थप सहयोग हुन थालेकोछ ।

यसैबीच भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रलाई अत्यावश्यक सामाग्री पीपीई हस्तान्तरण गरेकोछ ।

बी– ग्रुपले केयर नेपालको सहयोगमा कोभिड–१९ प्रतिकार्यका लागि आवश्यक पीपीई ५० थान जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अध्यक्ष एव बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वङ्गमार्फत उक्त सामाग्री हस्तान्तरन गरिएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिए ।