कोरोना संक्रमित थप ८ जनाको मृत्यु


कोरोना संक्रमित थप ८ जनाको मृत्यु

नेपालगन्ज : पछिल्लो समय नेपालमा एकै दिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा सुनसरीका २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८, सिन्धुपाल्चोकका ४१, दोलखाका ६५ वर्षीय पुरुष, चितवनका ७६ वर्षीया महिला र कैलालीका ७९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शुक्रबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।