शनिबार थपिए २ हजार १२० कोरोना संक्रमित


शनिबार थपिए २ हजार १२० कोरोना संक्रमित

नेपालगन्ज : नेपालमा थप २ हजार एक सय २० जनामा कोरोना संक्रमण पाइएकोछ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसिआर परीक्षणका क्रममा थप २ हजार एक सय २० जनामा कोरोना संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । भने देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सगैं संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा एकै दिन आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा सुनसरीका २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८, सिन्धुपाल्चोकका ४१, दोलखाका ६५ वर्षीय पुरुष, चितवनका ७६ वर्षीया महिला र कैलालीका ७९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शुक्रबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।