नेपालगन्ज : कर्मचारी समायोजन अध्यादेश–२०७५ सच्याउनु पर्ने माग राख्दै दुई महिनादेखि आन्दोलनरत सरकारी चिकित्सक संघले ओपीडी सेवा बहिष्कार गर्दा नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । आन्दोलन थालेको दुई महिनासम्म पनि कुनै ठोस पहल हुन नसक्दा ओपीडी सेवा बहिस्कार गरेर आन्दोलनमा जान बाध्य भएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि भेरी अस्पतालको सेवा सुविधा प्रभावीत भएको छ । सरकारी डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । बाँके लगायत देशभरका एक हजार चार सय डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेका छन् ।
भेरी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प रहेको मेडिकल सुपरिटेन्डेण्ट रुपानन्द अधिकारीले जानकारी दिए । थोरै रहेका सरकारी डाक्टरलाई सेवा सुविधा दिएर सरकारी सेवाप्रति आकर्षित गर्नु पर्नेमा झन् निरुत्साहित पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको उनी बताउँछन् । उनीहरुले बुधबार परेको स्वास्थ्य सेवा दिवस पनि बहिष्कार गरेको घोषणा गरेका छन् ।
यसरी ओपीडी सेवा बहिष्कार गर्दा छिमेकी जिल्लाबाट नेपालगन्जमा उपचार गर्न आएका बिरामी मर्कामा परेका छन् । सधैँझै ८ बजेनै टिकट काउण्टर खुल्छ भन्ने आशले उपचारको लागि अस्पतालमा पुगेका बिरामी निरास हुँदै घर फर्कन र कोही महंगो शुल्कमा नीजि अस्पतालमा उपचार गर्न बाध्य भएका छन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा