प्रधानमन्त्रीका सल्लाहकारलाई कोरोना पुष्टि, स्वास्थ्यको ख्याल गर्न आग्रह


प्रधानमन्त्रीका सल्लाहकारलाई कोरोना पुष्टि, स्वास्थ्यको ख्याल गर्न आग्रह

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पुष्टि भएको छ । सल्लाहकारद्वय रिमाल र थापाले सामाजिक सञ्जालमार्फत आफू कोरोना पुष्टि भएको बताएका छन् ।

रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेकाछन् ।  उनले ट्विटरमा भनेका छन्–‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

यस्तै थापाले पनि फेसबुकमा भनेका छन्–‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।’

प्रेस सल्लाहकार थापाका अनुसार शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच काठमाडौं उपत्यकामा एकै दिन थप १ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको हो ।

उपत्यकाको काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन् । भने भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो सगैं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन् ।