नेपालगन्ज : नेपालगन्जमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत ६० वर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो । योसगैं बाँकेमा कोरोना संक्रमित मृतक संख्या २० पुगेकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुर निवासी ६० वर्षिय पुरुषको शनिबार बेलुका ४ बजेर ५६ मिनेटमामा मृत्यु भएको हो ।
मृतक ६० वर्षिय पुरुषलाई कोरोना आशंकामा असोज १५ गते स्वाब संकलन गरि परीक्षण गर्दा सोही दिन आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो । कोरोना पोजेटिभ पाइएका ती पुरुषलाई भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा राखेर उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार नभएको केन्द्रले जनाएकोछ ।
मृतक विगत लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुरटुरोगबाट पीडित थिए । विरामीको प्रकृति अनुसार सबै उपचार पद्धती अपनाउँदा समेत स्वास्थ्यमा सुधार नभएपछि शनिबार बेलुका ४ बजेर ५६ मिनेटमा मृत्यु भएको भेरी अस्पतालले जनाएकोछ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित ब्यक्तिहरुको दिनहुँ जसो मृत्यु भइरहेको छ ।