नेपालगन्ज : बाँकेमा थप ४३ जनामा कोरोना पुष्टि भएकोछ । जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार १५ महिला र २८ पुरुष गरि थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।
बाँकेको तीन प्रयोगशालमा गरिएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना पुष्टि भएको छ । योसगैं शनिबार बेलुका सम्म बाँेकमा कुल कोरोना संक्रमित संख्या दुई हजार ३६ जना पुगकोछ ।
केन्द्रद्वारा जारी रिर्पोटमा भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमाबाट ६ महिला र १८ पुरुष गरि २४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला ३ पुरुष गरि ६ जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ६ महिला र ७ पुरुष गरि १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै शनिबार बाँकेका विभिन्न अस्पताल तथा आईोलोसनाबट थप ४२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या १५८४ पुगेकोछ । भने जिल्लामा ४३२ जना सक्रिय कोरोना संक्रमित विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत रहेकाछन् ।
कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म बाँकेमा २० जनाको मृत्यु भइसकेकोछ । भने बाहिरी जिल्लाका बाँकेमा आएर उपचाररत ८ जनाको मृत्यु भएकोछ ।