नेपालगन्ज : कोरोनाबाट बाँकेमा २९ बर्षिया युवतीको मृत्यु हुन पुगेको छ । कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनको उपचार कोहलपुर स्थित मेडिकल कलेजमा उपचारका भइरहेको थियो ।
कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले दिएको रिपोर्ट अनुसार, ती महिलाको आज आइतबार विहान ७ बजे कोरोनाबाट मृत्यु हुन पुगेको छ । उनी महेन्द्रनगर निवासी हुन् । गर्भवती पश्चात रक्तश्राव बढी भएपछि उनलाई कोहलपुर मेडकल कलेजमा भर्ना गरीएको थियो ।