कोरोना संक्रमित दैलेखका ५१ वर्षिय पुरुषको कोहलपुरमा मृत्यु


कोरोना संक्रमित दैलेखका ५१ वर्षिय पुरुषको कोहलपुरमा मृत्यु

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

नारायण नगरपालिका वडा नम्बर ८ दैलेखका ५१ वर्षिय पुरुषको आईतबार दिउँसो पौने १ बजे मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट आन्द्रा फुटेको समस्या लिएर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर हिजो राती पौने एक बजे आएका थिए ।

उपचारका क्रममा उनको मृत्यु भएको केन्द्रले जनाएकोछ। योसगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमित ब्यक्रिको मृत्यु संख्या १० पुगेकोछ । यसअघि आईतबार विहान कञ्चनपुरकी एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।