६ जिल्लाका ७ जना कोरोना संक्रमितको मृत्यु


६ जिल्लाका ७ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा चितवनका ५५ वर्षीया महिला, काठमाडौंका ५५, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरका ५ दिने बालिका, बाँकेका २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरका २९ वर्षीय महिलाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि शनिबार नेपालमा आठ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।