देशभर सक्रिय संक्रमित २२ हजार २१९ पुगे


देशभर सक्रिय संक्रमित २२ हजार २१९ पुगे

नेपालगन्ज : पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना देखिएको हो ।

यो सगैं नेपालमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ ।

आईतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर सक्रिय संक्रमित संख्या २२ हजार २१९ रहेको बताए ।

जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा चितवनका ५५ वर्षीया महिला, काठमाडौंका ५५, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरका ५ दिने बालिका, बाँकेका २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरका २९ वर्षीय महिलाको मृत्यु भएको छ ।

यसअघि शनिबार नेपालमा आठ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।