देशभर १९ संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो


देशभर १९ संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

नेपालगन्ज : देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितमध्ये काठमाडौंका मात्रै ९ जनाको मृत्यु भएकोछ । ६ पुरुष र ३ महिला गरी थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंका ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार सुनसरीका ५५ वर्षीय पुरुष, पर्साका ६५ वर्षीया महिला, सर्लाहीका ४२ र ६९ वर्षीय पुरुष, ललितपुरका ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीया महिला र नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि आईतबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।