बाँकेका थप ७० जनामा कोरोना पुष्टि


बाँकेका थप ७० जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा सोमबार ठूलो मात्रामा कोरोना पोजेटिभ भेटिएका छन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार ३१ महिला र ३४ पुरुष गरि ७० जनामा कोरोना पोजेटिभ पाइएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ११ महिला २३ पुरुष गरि ३४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १६ महिला र ८ पुरुष गरि २४ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ४ महिला र ८ पुरुष गरि १२ जना सहित ७० जनामो कोरोना संक्रमण पाइएको हो ।

सोमबार बाँकेमा थपिएका कोरोना संक्रमितसगैंका जिल्लाको कुल कोरोना संक्रमित संख्या दुई हजार एक सय २० पुगेको छ । जसमा सोमबार मात्रै जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका थप ४८ जना संक्रमित निको भएर घर फर्केकाछन् ।

केन्द्रका अनुसार सोमबार रातीसम्म बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ६ सय ५० पुगेकोछ । भने जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा ४ सय ४९ जना संक्रिय संक्रमित रहेको जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै केन्द्रले जारी गरेको तथ्यांक अनुसार हालसम्म बाँके जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने बाहिरी जिल्लाबाट बाँकेमा आइ उपचारका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।