४ महिलासहित ९ जना कोरोना संक्रमितको मृत्यु


४ महिलासहित ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार यसरी मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षिय, सुनसरीका ६४ वर्षिय, ललितपुरका ६१, ७७ वर्षिय, नवलपरासी पूर्वका ७७ वर्षिय पुरुष संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी, काठमाडौंका ५९ वर्षिय, ६० वर्षिय, ललितपुरका ६७ वर्षिय र चितवनका ६० वर्षिय महिला संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ ।