नेपालगन्ज : हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ । सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन् ।
आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरूको स्वास्थ्य सामान्य छ ।
आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन् । यद्यपी उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोछ ।