डाक्टर कनोडियालाई कोरोना लाग्यो


डाक्टर कनोडियालाई कोरोना लाग्यो

नेपालगन्ज : डाक्टर नितेश कुमार कनोडियालाई कोरोना संक्रमण भएकोछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निर्देशक समेत रहेको डाक्टर कनोडियालाई मङ्गलबार कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पोजेटिभ पाइएपछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसको पुष्टि गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । पछिल्ला दिनहरुमा मेरो सम्पर्कमा रहनु भएका महानुभाबहरुलाई सजगता अपनाउनु हुन र स्वास्थ्यमा कुनै समस्या आएमा स्वास्थ्यकर्मीहरुसंग परामर्श गर्नु हुन अनुरोध छ ।’ डाक्टर कनोडियाद्वारा फेसबुकमा जारी सन्देशमा उल्लेखछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा संक्रमितहरुको उपचारमा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु निरन्तर लागिरहने बताए ।