नेपालगन्ज : जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मङ्गलबार बाँकेमा थप ६६ जनामा कोरोना पुष्टि भएकोछ ।
बाँकेका २५ महिला र ४१ पुरुष गरि ६६ जनामा कोरोना पुष्टि भएको हो । यसअघि सोमबार मात्रै बाँकेका ७० जनामा कारोन पुष्टि भएको थियो ।
केन्द्रका अनुसार मङ्गलबार भेटिएका कोरोना संक्रमित सगैं बाँकेको कुल कोरोना संक्रमित संख्या दुई हजार एक सय ८६ पुगेकोछ । भने मङ्गलबार मात्रै थप २३ जना डिस्चार्ज भएकोछन् । यो संगै बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ६ सय ७३ पुगेकोछ ।
केन्द्रले मङ्गलबार बेलुका जारी गरेको कोरोना पोजेटिभ रिर्पोट अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १३ महिला र २३ पुरुष गरि ३६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अपताल कोहलपुरको प्रयोगशालाबाट ८ महिला र १२ पुरष गरि २० जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिन सेन्दटर कोहलपुरको प्रयोगशालाबाट ४ महिला र ६ पुरुष गरि १० जना सहित ६६ जनामो कोरोना देखिएको हो ।
यसबीच बाँकेमा कोरोना संक्रमित २१ जनाले ज्यान गुामइसकेकाछन् । जसमा नरैनापुर, बैजनाथ र खजुरा गाउँपालिकाका एकएक जना, कोहलपुर नगरपालिका २ जना तथा नेपालगन्ज उपमहानगरपालिकाका १६ जनाको मृत्यु भएकोछ । यस्तै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।