नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो


नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

नेपालगन्ज : नेपालमा एकै दिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङका ४० र ६० वर्षीय पुरुष, सिराहाका ५० वर्षीया महिला, रौतहटका ७२ वर्षीया महिला, ललितपुरका ४६, चितवनका ६१, रुपन्देहीका ५५, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङका ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि मंगलबार नेपालमा ९ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।