कोरोना संक्रमित विरेन्द्रनगरकी ८२ वर्षिया महिलाको मृत्यु


कोरोना संक्रमित विरेन्द्रनगरकी ८२ वर्षिया महिलाको मृत्यु

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । यो सगैं बाँके जिल्लामा आएर उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षिया महिलाको मृत्य भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमरमा गत असोज १५ गते कोरोना पोजेटिभ पाइएपछि अस्पतालको कोभिड– १९ युनिटमा राखी उपचार गराइरहेकी ती ८२ वर्षिया महिलाको बुधबार बेलुका ६ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

लामो समयदेखि मधुमेहबाट पीडित महिलाको स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण विधि अपनाउदाँ समेत उनको स्वास्थ्यमा सुधार नभएको र दुवै फोक्सोको निमोनिया भइ मृत्यु भएको अस्पतालले जनाएकोछ ।