नेपालगन्ज : बाँकेमा बुधबार २० महिला सहित थप ५२ जनामा कोरोना संक्रमण देखिएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणबाट यी ब्यक्तिमा कोरोना देखिएको हो ।
केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ११ महिला र १२ पुरुष गरि २३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ महिला र १२ पुरुष गरि १९ जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ महिला र ८ पुरुष गरि १० जना सहित थप ५२ जनामा कोरोना संक्रमण पाइएको छ । योसगैं बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार २ सय ३८ पुगेकोछ ।
केन्द्रका अनुसार बुधबार बाँकेका थप ३६ जनाले कोरोना जितेर घर फर्केका छन् । योसगैं कोरोना जित्नेको संख्या एक हजार ७ सय ९ पुगेको छ । भने ५ सय ८ जना सक्रिय संक्रमित उपचाररत रहेकोछन् ।
यस्तै बाँकेमा बुधबार बाहिरी जिल्लाबाट उपचार गराउन आएका कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको छ । योसगैं बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका कोरोना संक्रमित ब्यक्ति मृत्यु संख्या ११ पुगेको छ भने बाँकेका २१ जनाको मृत्यु भएकोछ ।