आज विश्व दृष्टि दिवस

सावधान ! नेपालमा बढ्दैछ मायोपिया


सावधान ! नेपालमा बढ्दैछ मायोपिया

काठमाडौं : कोरोना संक्रमणको सास्ती भोगिरहेका नेपालीहरुको आँखामा पनि समस्या बढ्दै गएको छ । नेपालमा विशेष गरि बृद्धबृद्धालाई दृष्टिदोष (मायोपिया) ले गम्भीर असर पुर्याइरहेको छ ।

विश्व दृष्टि दिवस– २०२० को उपलक्ष्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानु भक्त ढकालले शुभकामना सन्देश जारी गर्दै जेष्ठ नागरिकहरूमा अन्धोपन तथा दृष्टिदोषको समस्या बढिरहेको उल्लेख गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को आह्वानमा हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबार विश्व दृष्टि दिवस मनाइदै आएको सन्दर्भमा यस वर्ष आज अक्टोबर ८ (असोज २२ गते) का दिन विश्वव्यापी रूपमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ । यसपाली ‘दृष्टि प्रतिको आस (होप इन साईट)’ भन्ने मूल नाराका साथ आज मनाईंदैछ ।

कतिजनालाई छ, मायोपिया ?

विश्व स्वास्थ्य सङ्गठनको आँकडा अनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिसहरूमा दृष्टिसम्बन्धी समस्या रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

करिब १ अर्बजतिलाई अझै पनि आँखा सेवाको पहँुच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करिब २ अर्ब ६० करोड व्यक्तिहरूमा मायोपिया अर्थात अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये ३ करोड १२ लाख १९ वर्ष मुनिका बालबालिकाहरूमा यस्तो समस्या देखिएको छ ।

नेपालमा पनि सन् २०१२ को सर्वेक्षणले जम्मा जनसङ्ख्याको ०.३५ प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणबाट ०.८४% जनसङ्ख्यामा रहेको पाइएको थियो । यसरी अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाएता पनि जनसङ्ख्या बृद्धि र जेष्ठ नागरिकहरूको सङ्ख्यामा भएको बृद्धिले अन्धोपन तथा दृष्टिदोषको सङ्ख्यामा त्यति फरक परेको देखिदैन ।