कोरोना संक्रमणबाट मर्नेको ख्या ५९० पुग्यो


कोरोना संक्रमणबाट मर्नेको ख्या ५९० पुग्यो

नेपालगन्ज : नेपालमा एकै दिन ४ महिला र ८ पुरुष गरि थप १२ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी कोरोना संक्रमणबाट मर्नेहरु देशका ८ वटा जिल्ला हुन् । सुनसरीका ३९, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौंका ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरका ७३ वर्षीया महिलाको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार नेपालमा १५ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै देशमा हालसम्मकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएकाछन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण भएकोछ ।