नेपालगन्ज : बाँकेमा बिहीबार थप ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसरा १५ महिला र ३६ पुरुष गरि बाँकेका थप ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ७ महिला २० पुरुष गरि २७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ महिला र १३ पुरुष गरि २० जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्निक कोहलपुरको प्रयोगशालाबाट १ महिला ३ पुरुष गरि ४ जना सहित ५१ जनामा कोरोना संक्रमण पाइएको हो ।
योसगैं बाँकेमा कोरोना संक्रमितको संख्या दुई हजार २ सय ८९ पुगेकोछ । बिहीबार नै २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । भने जिल्लामा निको हुनेको संख्या एक हजार ७ सय ३८ पुगेकोछ ।
केन्द्रका अनुसार बिहीबारसम्म जिल्लामा ५ सय २८ जना मात्र सक्रिय कोरोना संक्रमित रहेकाछन् । भने यसबीच बाँके जिल्लाभित्रका २२ जना र बाँके जिल्लामा उपचारका क्रममा बाहिरी जिल्लाका ११ जना गरि ३३ जना संक्रमितको मृत्यु भएकोछ ।