नेपालमा कोरोना संक्रमित एक लाख नाघे


नेपालमा कोरोना संक्रमित एक लाख नाघे

नेपालगन्ज :  नेपालमा कोरोना भाईरस संक्रमितको संख्या एक लाख नाघेकोछ ।

पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसगैं नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १३ हजार २८९ जनाको पीसिआर परीक्षण गर्दा थप दुई हजार १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनबाट थप एक हजार ६८० जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।