नेपालगन्ज : नेपालमा कोरोना संक्रमित ६ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ महिला सहित थप १० जनाको मृत्यु भएसगैं नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ५ वटा जिल्लामा यी ब्यक्तिको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मर्नेहरुमा झापाका २९ र ५२ वर्षीय पुरुष, सुनसरीका ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरका ८४, रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसअघि बिहिबार नेपालमा १२ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।