नेपालगन्ज : बाँकेमा शुक्रबार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार १८ महिला र २० पुरुष गरि ३८ जनामा कोरोना संक्रमण पाइएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १२ महिला र ११ पुरुष गरि २३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ महिला र ४ पुरुष गरि ९ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र ५ पुरुष गरि ६ जना सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रका अनुसार शुक्रबार बाँकेका थप २४ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् । योसहित बाँकेमा कोरोना जित्ने को संख्या एक हजार ७ सय ६२ पुगेकोछ । भने बाँकेमा कुल कोरोना संक्रमित संख्या दुई हजार तीन सय २७ पुगेकोछ ।
यसबीच बाँके जिल्लाका २३ जना र बाँके जिल्ला उपचारका लागि आएका बाहिरी जिल्लाका ११ जना कोरोना संक्रमित सहित ३४ जनाको मृत्यु भएकोछ । साथै बाँके जिल्लामा शुक्रबार बेलुका सम्म कुल सक्रिय संक्रमित ५ सय ४२ रहेको केन्द्रले जनाएकोछ ।
यस्तै केन्द्रका अनुसार बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीकी ८५ वर्षिया महिलाको मृत्यु पश्चात कोरोना पोजेटिभ आएको हो ।
स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी ती महिलाको असोज २२ गते स्वाब परीक्षण गर्दा शुक्रबार विहान ७ बजे आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएको थियो । यद्यपी लामो समयदेखि दम रोगबाट पीडित ती महिलाको श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार राती ९ मृत्यु भएको थियो ।