दाङका १५ वर्षिय कोरोना संक्रमित बालकको कोहलपुरमा मृत्यु


दाङका १५ वर्षिय कोरोना संक्रमित बालकको कोहलपुरमा मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित १५ वर्षिय बालकको उपचारका क्रममा मृत्यु भएकोछ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३, गोग्ली विनसी १५ वर्षिय बालकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार असोज २० गते मेडिकल कलेज कोहलपुरको कोभिड–१९ युनिटमा भर्ना भएका ती बालकको प्लाज्मा थेरापीबाट उपचार भइरहेको थियो । रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दागर्दै बालकको स्वास्थ्य अवस्था विग्रदै गएपछि दुबैतिरको फोक्सोको निमोनिया भइ शुक्रबार राती ८ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसहित बाँकेमा उपचारका लागि बाहीरी जिल्लाबाट आएका कोरोना संक्रमित १२ जनाको मृत्यु भइसकेकोछ । बाँकेमा उपचारका लागि आएका बाहीरी जिल्लाका कोरोना संक्रमित मृत्यु हुनेमा हालसम्म मृत्यु भएका कोरोना संक्रमित मध्ये यी बालक सबैभन्दा कम उमेरका हुन् ।