बाँकेमा ढाई घण्टामा कोरोनाबाट दुईजनाको मृत्यु


बाँकेमा ढाई घण्टामा कोरोनाबाट दुईजनाको मृत्यु

नेपालगन्ज : बाँकेमा ढाई घण्टाको अन्तरालमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको ढाई घण्टाको अन्तरालमा मृत्यु भएको हो ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर–३, गोग्ली निवासी १५ वर्षिय बालकको शुक्रबार राती ८ बजेर ३५ मिनेटमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुबैतिरको फोक्सोको निमोनिया भइ ती बालकको मृत्यु भएलगत्तै ढाई घण्टा पछि भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके कोहलपुर नगरपालिका वडा नम्बर–९ पिपरी निवासी ३८ वर्षिय पुरुषको शुक्रबार राती ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले जनाएकोछ ।

यो सगैं बाँकेमा कोरोना संक्रमित ज्यान गुमाउनेको संख्या २४ पुगेकोछ । भने बाँकेमा आई उपचारका क्रममा बाहिरी जिल्लाका १२ जना कोरोना संक्रमितको मृत्यु भएको केन्द्रले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिका वडा नम्बर–९, पिपरी निवासी ३८ वर्षिय ती पुरुष नेपाली काँग्रेस कोहलपुर नगरसमिति सदस्य समेत रहेका नेपाल यातायात मजदूर संघ बाँकेका अध्यक्ष नविन रावत हुन् ।

गत असोज १२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वाब संकलन गरि परीक्षण गर्दा १३ गते आएको रिपोर्टमा रावतलाई कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएपछि रावतलाई रेमडिसिभर र प्लाज्मा थेरापीबाट उपचार गरिएपनि उनको स्वास्थ्य अवस्था कमजोर हुदै गएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको थियो ।

भेरी अस्पतालको आइसोलेसनमा राखि भेन्टिलेटर लगायत आवश्यक सम्पूर्ण उपचार विधि अपनाउदाँ अवस्था जटिल भएपछि श्वासप्रश्वासमा समस्या भई उपचारका क्रममा शुक्रबार राती ११ बजे रावतको मृत्यु भएको हो ।