डाक्टर केसीको माग पुरा गराउन नेपालगन्जमा रिलेअनसन


डाक्टर केसीको माग पुरा गराउन नेपालगन्जमा रिलेअनसन

नेपालगन्ज : नेपालगन्जका नागरिक अगुवाले शनिबारबाट रिले अनसन सुरु गरेका छन् । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका माग पुरा गर्न दबाब दिँदै नेपालगन्जका नागरिक अगुवाले रिले अनसन सुरु गरेका हुन् ।

नागरिक समाज बाँकेको संयोजनमा जिल्ला प्रशासन कार्यालयको मुख्यद्वारमा अनसन सुरु गरिएको हो । रिले अनसन शनिबार बेलुका ५ बजेसम्म चल्ने अधिवक्ता बलबहादुर चन्दले जानकारी दिए

उनका अनुसार डाक्टर केसीको मागप्रति सरकार गम्भीर नभएकाले दावव स्वरुप रिले अनसन गरिएको हो ।

केसीको मागप्रति सरकार गम्भिर नभएको उनीहरुको आरोप छ । केसीले स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगती विरुद्ध पटक–पटक अनसन बस्दै आएपनि सरकार उनको माग पुरा गर्न गम्भीर नबनेको नागरिक समाजले जनाएको छ । केसीको माग पुरा नहुँदासम्म जिल्ला प्रशासन कार्यालय बाँके अगाडी हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म रिले अनशन जारी राख्ने नागरिक समाज बाँकेले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

शनिबारको रिले अनशनमा सामाजिक अभियन्ता एवम् अधिवक्ताहरु बिश्वजित तिवारी, बलबहादुर चन्द र जगदम्बा पाठक तथा पत्रकार जयसिंह केसी, व्यवसायी ललितकुमार रौनियार र कृष्णादेवी पाण्डे सहभागी भएका छन् ।